१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रश्तुत हुन्छः मन्त्री राई

फाईल तस्बिर <br>

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रश्तुत गर्ने बताएका छन्।

आज सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो कुरा बताएका हुन। उनले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताकासाथ काम अघि बढाइरहेको बताए। उनले पहिला पनि मस्यौदा तयार भइ मन्त्रीपरिषद्मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताए। उनले कानून मन्त्रालयमा धेरै कानून निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताए। उनले विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्यांकन गरेर अघि बढ्ने बताए।

मन्त्री राईले विश्वविद्यालयहरुको छाता विधेयक पनि कानूनी प्रक्रियाको चरणमा रहेको बताए।

प्रकाशित: २९ वैशाख २०८० १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App