६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अष्ट्रेलियाका सहायक विदेश मन्त्री वाट्स दक्षिण एसियाली मुलुकको भ्रमणमा आउने

अष्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्स यो साता दक्षिण एसियाली मुलुक नेपालसहित बंगलादेश, भुटान र भारतको भ्रमणमा आउने भएका छन्।

उनको सचिवालयका अनुसार यो भ्रमण द्विपक्षिय सम्बन्धहरु सबल बनाउनेमा केन्दि«त हुनेछ। ‘हामी हाम्रो समान सामरिक स्वार्थहरु र अष्ट्रेलियाको ब्यापार र लगानिका सम्बन्धहरुका बारेमा छलफल गर्नेछौं। यो भ्रमणले हाम्रा द्विपक्षीय राष्ट्रहरुमा जनस्तरको सम्बन्धहरु थप मजबुत बनाउने अवसर प्रदान गर्नेछ’, वाट्सको सचिवालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

उनी भुटानको भ्रमण सकेर नेपाल आउने भएका छन्। ‘भुटानबाट म काठमाण्डौ जानेछु। त्यहाँ हामीले शिक्षा र हाम्रा दुई देशका जनताहरुबिचको लामो सम्बन्धको उत्सब मनाउनेछाैं। नेपाल अष्ट्रेलियाको लागि तेस्रो ठुलो अन्तराष्ट्रय बिद्यार्थीको श्रोतको रुपमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ।

वाट्सले भारतको कोलकातामा खुलेको अष्ट्रेलियाली महावाणिज्य दुतावासको कार्यलयको औपचारिक सुरुवात गर्न आफू उत्साहित भएको बताएका छन्। ‘कोलकाता भारतको एक महत्वपूर्ण व्यवसायिक र साँस्कृतिक राजधानी क्षेत्र हो र यो महावाणिज्य दुतावासले यस क्षेत्रमा अष्ट्रेलियाको ब्यापार, लगानी र शिक्षाको प्रवर्धन गर्न सहयोग गर्नेछ’, उनले विज्ञप्ति मार्फत भनेका छन्।

उनले बंगलादेशमा हुने छैटौं हिन्द महासागर सम्मेलनमा अष्ट्रेलियाको प्रतिनिधीत्व गर्ने पनि जनाएका छन्। ‘यो सम्मेलन हिन्द महासागर क्षेत्रका हाम्रो मुख्य साझेदारहरुको साझा मञ्चमा क्षेत्रिय सहकार्य, बृद्धि र सुरक्षाका बारेमा छलफल गर्ने स्थान हो। उक्त सम्मेलनको यस बर्षको नारा पुनरुत्थानशील भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य छ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिका अनुसार अष्ट्रेलिया र बंगलादेशले क्षेत्रिय शान्ति र सुरक्षाका आफ्ना साझा स्वार्थहरुको प्रवर्धन गर्न सहकार्य गरिरहेका छन्। हाम्रा दुई राष्ट्रहरु बिचको ब्यापार र लगानीका सम्बन्धहरु पनि वृद्धि भइरहेको छ। ‘यो भ्रमणका दौरान हाम्रा राजनैतिक र आर्थिक सहकार्यका बारेमा थप छलफल गर्न उत्साहित छु’,उनले विज्ञप्ति मार्फत भनेका छन्।

वाट्सले भुटानमा सरकारी, सामुदायिक र धार्मिक नेताहरुलाई भेटने जनाएका छन्। ‘यसले भुटानका परराष्ट्र मन्त्री महामहीम डा टेण्डी दोर्जीको गत बर्षको अष्ट्रेलिया भ्रमणले थप नजिक भएको हाम्रो न्यानो सम्बन्धलाई टेवा पुग्नेछ। हाम्रा दुई देशहरुबिचको दौत्य सम्बन्ध २० बर्ष अघि स्थापित भएको हो र यसले हाम्रो पुरानो सम्बन्धलाई औपचारीक रुप दिएको छ’, उनले भनेका छन्।

प्रकाशित: २८ वैशाख २०८० १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App