३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र देउवाबीच भेटवार्ता

फाईल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल  र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।प्रधानमन्त्रीलाई भेट्न देउवा  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित  प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन ।

कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि दाहाल र देउवाको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यद्यपी भेटवार्ता सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताए । नक्क्कली भुटानी शरणार्थीबारे कुनै छलफल नभएको उनले जानकारी दिए।  

नक्क्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि राजनीतिक वृत्त तरंगित छ । त्यस विषयमा छलफल गर्न आज कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ । हिजो पनि कांग्रेसको पदाधिकारीको बैठक बसेको थियो । हिजोको बैठकमा नेता खाणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो । तर, आजको बैठकले निर्णय लिनसक्ने बताइएको छ।

प्रकाशित: २८ वैशाख २०८० ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App