१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अझै अन्योलमा चौधरीको रिहाइ

जिल्ला अदालत कैलालीमा आत्मसर्मण गर्दा रेशम चौधरीले समर्थकमाझ भनेका थिए, ‘म निर्दोष भएका कारण सम्मानित न्यायलयको शरणमा आएको छु, पक्कै न्याय पाउँछु, तपाईंहरू ढुक्क हुनुहोस्।’

तत्कालीन कैलाली क्षेत्रनं १ का संघीय सांसद रेशमले मलिन स्वरमा भनेका थिए, ‘म निर्दोष छु। दोषी उम्कनु हुँदैन। आवाजविहीनका आवाज हुँ। जेलमा रहे पनि लेख, कविता, संगीतमार्फत हजुहरूसँग रहनेछु, तपार्इंहरूको माया पाइरहने छु।’

भारतमा रहँदादेखि उनलाई माया गर्ने समर्थक जेल जीवन बिताइरहँदा असंख्य रूपमा बढ्दै गए। प्रवासमै रहँदा स्वतन्त्रबाट उम्मेदवारी दिएका उनलाई २०७४ को निर्वाचनमा संघीय सांसद पदमा भारी मतले विजयी बनाए। प्रवास र जेल जीवन बिताइरहँदा पार्टीको विधान निर्माणदेखि एक दर्जन किताब बजारमा ल्याए र गितमा स्वर दिएर चर्चित बनेका उनलाई जनताले एक पक्षीय ढंगले रेशमले न्याय पाउनुपर्ने माग राखेका छन्।

निर्दोषलाई फसाएर जनताको मतको सरकारले बेवास्ता गरिरहेको भन्दै सरकारसँगको असन्तुष्टि व्याप्त छ। टीकापुर घटनाका बेला घटनास्थलमा रेशम भएको झुटा आरोपको बर्खिलापमा जनता आक्रोसित छन्। टीकापुर घटनाको दिन रेशम बर्दियाको सदरमुकाम गुलरियामा थिए। टीकापुरमा अप्रत्यााशित घटना घटेको खबर फोनमा पाएका रेशम गुलरियाबाटै मोटरसाइकलमा भारत प्रवेश गरेको तथ्य बाहिरिएको हो।

आन्दोलनको संयोजकको भूमिका रहेकाले ज्यान जोखिमको आकलन गरेर भारततर्फ गएका रेशमलाई टीकापुर घटना योजनाकार रहेको भन्ने आरोपविरुद्ध गृह जिल्लाका जनताले जनमतमार्फत अभिव्यक्ति दिइरहेका छन्। रेशम टीकापुरमा घटना घट्ने दिन घटनास्थलमा भएको आरोपलाई थारू समुदायले नै सरकारको षडयन्त्र हो भन्ने बुझेको छ।

जिल्ला अदालत कैलालीमा आत्मसर्मण गर्दा रेशम चौधरीले समर्थकमाझ भनेका थिए, ‘म निर्दोष भएका कारण सम्मानित न्यायलयको शरणमा आएको छु, पक्कै न्याय पाउँछु, तपाईंहरू ढुक्क हुनुहोस्।’

२०७२ भाद्र १ देखि ५ गते सम्म रेशम काठमाडौंमा थिए। थरुहट आन्दोलनको संयोजकको भूमिका रहेकाले टीकापुर फर्किएपछि निरन्तर तत्कालीन डिआइजी धीरु बस्नेत, सिडिओ र एसपीको प्रत्यक्ष सम्र्पकमा रहेर आन्दोलनलाई सम्हालेर लैजाने सहमतिमा जुटेका थिए। उनलाई टीकापुर घटनाको योजनाकार चार्ज लगाउँनुलाई षडयन्त्र भएको दाबी थारू समुदायको छ।

आफू घटनास्थलमा नभएको बताउँदै टीकापुर घटनामा दोषी देखाउन षडयन्त्र भएको रेशमले दाबी गर्दे आएका छन्। ९ वर्षदेखि उनले एउटै कुराको कटाक्ष गर्छन्, ‘म कसरी अपराधी भए, जबकि थारू समुदायको आन्दोलनको नेतृत्व थरूहट आन्दोलन जाहेज थिएन र? घटनास्थलमा नरहेको बेला मलाई योजनारको आरोप लगाएर अपराधी घोषित किन गरियो?’

अदालतले दोषी ठहराउँदा जनताले निर्दोष भनिरहेका छन् उनलाई। पश्चिम तराईका एक्ला नेताका रूपमा रेशमलाई स्थापित गरेर रिहाइको पर्खाइमा जनता बसेका छन्। उनका क्षेत्रका जनताको एउटै माग भनेको निर्दोष रेशम चौधरी उन्मुक्ति दे सरकार भन्ने मात्र छ। प्रवास बस्दा स्वतन्त्रबाट चुनाव जिताए भने उनीद्वारा सञ्चालित नागरिक उन्मुक्ति पार्टीलाई प्रदेश र संसद्मा समेत जनताले भोटमार्फत १६ सिटमा (१२ प्रदेश र ४ संघ) प्रतिनिधित्व गराइसककेका छन्।

तीन पटकसम्म जनताले रेशमको पक्ष प्रष्टसँग जनमत दिइसकेका छन्। रेशमले जन्माएको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पत्नी रञ्जिता श्रेष्ठ हुन। यतिबेला उनी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट भूमि सुधारमन्त्री छन्। रेशमले निर्वाचन जितेको क्षेत्रबाट श्रेष्ठ विजयी भएकी हुन्। रेशमको रिहाइ नहुनुलाई अनिर्णयको बन्दीको रूपमा परिभाषित गरी ठूला विभेदको खाल्डोमा फसाएको भन्दै थारू समुदाय दुखी छ।

जनताले जनमत दिएर निर्दोष भनिए पनि विचाराधिन मुद्दाको सुनुवाइ अझै नहुदा रेशमको पक्षमा जनमत भुसमा आगो लागेजस्तै गरी सल्किरहेको छ। थारू समुदायको आन्दोलनको नेतृत्व गरेकै कारण टिकापुरमा घटनामा भएको अपराधमा रेशमलाई फसाइएको जताततै चर्चा छ।

जिल्ला र पुनरावेदन अदालतले दोषी ठहर गर्दा उनको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ ।चौधरी पक्षधर भन्छन्, ‘निर्दोषलाई दोषी देख्ने कस्ता सरकार हो? रेशमलाई दोषी देखाउनु षडयन्त्र हो।’ रेशमलाई अन्याय भएको भन्दै पश्चिम तराईमा एक्लो नेताका रूपमा जनताले रेशम स्थापित गरिसकेका छन् तर रेशमको अभाव महसुस सबैभन्दा बढी उनी हुर्केबढेको जिल्ला कैलाली र बर्दियाले गरिरहेको छ।

तीन पटकसम्म जनताले रेशमको पक्ष प्रष्टसँग जनमत दिइसकेका छन्। रेशमले जन्माएको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पत्नी रञ्जिता श्रेष्ठ हुन। यतिबेला उनी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट भूमि सुधारमन्त्री छन्। रेशमले निर्वाचन जितेको क्षेत्रबाट श्रेष्ठ विजयी भएकी हुन्।

कलाकार, पत्रकार र गायकको भूमिकामा बढी देखिने चौधरीको लोकप्रियता यति चुलिएको छ कि उनीद्वारा सञ्चालित नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता भनेर चिनिन युवा पुस्ता गर्व महसुस गर्छन्।  

कारागारमा जेल जीवन बिताइरहेका रेशम सम्मानित सर्वोच्च अदालतमा ३६ औं पटक पेसी हो। अब प्रतीक्षा ३७औं  पेसीको छ। टीकापुर हत्या काण्डमा मुख्य दाोषि ठहरिएका रेशमको मुद्दा जिल्ला अदालत, कैलालीले सुनाएको फैसला पुनरावेदन अदालतले सदर गर्दे सर्वोच्चमा बिचाराधिन अवस्थामा मुद्दा छ। काठमाडौं डिल्लीबजारस्थित कारागारमा कैदीबन्दी जीवन बिताइरहेका उनीसँग भलाकुसारी गर्न ठूला दलका नेता जाने क्रम निरन्तर चलिरहेको छ। त्यै पनि उनको रिहाई कहिले हुने हो भन्ने टुगों छैन। टीकापुर घटनामा दोषी ठहराएका रेशमलाई रिहाइ गर्ने आश्वासन दिए पनि रिहाइ नहुनुलाई ठूला दलका ठूला नेताले नाटक मन्चन गरेको संज्ञा दिइरहेका छन्।

सामान्य परिवारमा जन्मेका रेशम कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरबाट एसएसी उत्र्तीण गरे। उच्च शिक्षा आरआर क्याम्पस गरेका उनी अधिकांश समय व्यावसायिक पत्रकारितामा बिताए। डेढ दशकअघि आवाजविहीनको आवाजलाई सुनाउने लक्ष्य लिएर फूलबारी एफएम सञ्चालनमा ल्याएका थिए। फूलबारी एफएम टीकापुर र बर्दिया पहिलो एफएम थियो। जनताको आवाज बाहिर ल्याउन पर्छ भन्ने लक्ष्य लिएर स्थलगत रिपोटिङ रेशमको खटिने शोख रहेको स्मरण गर्छन्, सहकर्मी। उनकै एफएमले पत्रकारिताको कखरा सिकाएका पत्रकार राष्ट्रियस्तरको मूलधारमा काम गर्ने धेरै छन्।

सामान्य परिवारमा जन्मेका रेशम कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरबाट एसएसी उत्र्तीण गरे। उच्च शिक्षा आरआर क्याम्पस गरेका उनी अधिकांश समय व्यावसायिक पत्रकारितामा बिताए।

राष्ट्रिय स्तरको कलालकारको पहिचान बनाएका उनले कैलालीको टीकापुर र बर्दिया पहिचान गराउन महोत्सव गराउँदा जनतामाझ भिजेकाले राजनीतिक पकड बढ्दै गएको राजनीतिर्मीको बुझाइ छ। उनले पत्रकारिता क्षेत्र र कलाकारितामार्फत जिल्ला चिनाउने प्रयासको स्मरण गर्दा जनताको माझ लोकप्रियता बढेको राजनीतिककर्मी विश्लेषण गर्छन्। बढी पहाडी समुदायसँग घुलमिलका कारण पनि पार्टी पकड जिल्ला–जिल्ला भएर बढ्दैछ।

२०७२ साल भदौ ७ गते थरूहट राज्यको माग गर्दे सुरक्षाघेरा तोडेर अघि बढेका आन्दोलनकारी र सुरक्षाकर्मीको झडप हुँदा टीकापुर घटनमा ७ सुरक्षाकर्मी, एक बालक गरी ८ जनाको ज्यान गएको थियो। उक्त घटना मुख्य दोषी ठहराएर जेल जीवन बिताइरहेका रेशमलाई झुटा आरोप लगाइइको भन्दै जनता सरकारसँग रुष्ट देखिएका छन्।

प्रकाशित: २८ वैशाख २०८० ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App