coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

टोपबहादुरबारे सांसद्को प्रश्नः दोषी छैनन् भने किन लुकेर बसेका छन्?

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका नेकपा (एमाले) का सचिव  टोपबहादुर रायमाझी किन लुकेर बसेका भनी प्रश्न गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद् यादवले लुक्नु भनेको संलग्नता पुष्टि हुने बताउँदै दोषी नभए किन लुकेको भनी प्रश्न गरेका हुन्।  

'यदि, दोषी छैनन् भने किन लुकेर बसेका छन्? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ। उनको छोरा पक्राउ पर्नुले यसलाई थप बल पुगेको अवस्था छ,' सांसद यादवले भने।

प्रहरीले नियन्त्रणमा लिएर कारबाही नगरे प्रहरीमाथि नै प्रश्न उठ्ने उनले बताए।उनले प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने माग गरे। 

प्रकाशित: २६ वैशाख २०८० ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App