१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय आवश्यकः विमला राई पौड्याल

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकी छिन्।

सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा छलफलमा सहभागी हुँदै सोमवार उनले यस्तो माग गरेकी हुन्। उनले नेपालमा पर्याप्त जनशक्ति रहेको र त्यसको सही उपयोग गर्न आवश्यक रहेको बताइन्। उनले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय चाहिने बताइन्। तत्काल मन्त्रालय बनाउन नसके स्वास्थ्य मन्त्रालयको छुट्टै विभागका रुपमा भनेपनि स्थान दिनुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘भर्खरै हाम्रो जनसंख्याको तथ्यांक आएको छ, यसले पनि देखाएका छ, हामी बारम्बार भनिरहेका छौँ, हामीसँग जनशक्ति छ, त्यसको उपयोग गर्नुपर्छ। जनशक्तिको उपयोग गर्न छुट्टै मन्त्रालय चाहिन्छ, अहिले मन्त्रालय नै राख्न सकिँदैन भने स्वास्थ्य मन्त्रालयको सानो डेस्क बनाएर विभाग बनाएर जनसंख्याको काम हुँदैन। यत्ति धेरै हामीसँग जनशक्ति छ, अहिले काम खोज्नेलाई काम छैन, कामदार खोज्नेलाई कामदार छैन। के मिलिरहेको छैन। हामीलाई केमा कस्तो स्किल भएका व्यक्ति चाहन्छि, कहाँ काम छ, यसको लागि ठूलो लेखाजोखा गर्न जरुरी छ। जनशक्तिको भरणपोषण गर्ने मन्त्रालयको जरुरी छ।’

उनले जलवायु परिवर्तनको प्रकोपलाई रोक्न पूँजी वृद्धि गर्न जरुरी रहेको बताइन्। इन्धनको आयातका कारण बजेट  घाटा भएको भन्दै विद्युतीय उर्जाको बढी प्रयोग गर्ने कुरामा बजेटमा प्राथमिकता हुनुपर्ने बताइन्।  

प्रकाशित: २५ वैशाख २०८० ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App