६ वैशाख २०८१ बिहीबार
राजनीति

मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ।  

महासंघले आइतबार मेयर राईलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार र सञ्चार माध्यमलक्षित आफ्ना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र प्रेसप्रति सम्मान व्यक्त गर्न आग्रह गरेको हो। पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता तीन दिनभित्र सार्वजनिक नगरे महासंघले चरणबद्ध आन्दोलन गर्ने पनि चेतावनी  

दिएको छ।

मेयर साम्पाङले शृंखलाबद्ध रूपमा पत्रकारलाई दुव्र्यवहार र धम्कीपूर्ण अभिव्यक्ति दिँदा पत्रकारहरू असुरक्षित भएको ठहर महासंघ सुनसरीले गरेको छ। साथै, प्रेसले आलोचनात्मक टिप्पणी गर्दा विरोध गरेको अर्थमा बुझ्नु पनि गलत भएको महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। कुनै समाचार वा मिडियामा आएको कुनै विषयमा चित्त नबुझे त्यसबारे आफ्ना प्रतिक्रिया वा विचार प्रक्रियागत रूपले राख्न पाउने अधिकार सुरक्षित रहेको पनि महासंघले मेयर साम्पाङलाई ध्यानाकर्षण  

गराएको छ।  

‘पत्रकारलाई निसाना बनाएर तपाईंले दिएको अभिव्यक्ति गैरजिम्मेवार र अमर्यादित भएको ठहर गर्दै यसप्रति दुःख व्यक्त गर्दछौं,’ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आफ्ना नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको स्थानीय सरकार प्रमुखबाट नै पत्रकारले असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो। सञ्चार ऐन बनाएर स्वतन्त्र पत्रकारिताको रक्षा गर्नु स्थानीय सरकारको दायित्व हो तर सरकार प्रमुख आपैंm स्वतन्त्र प्रेसविरोधी देखिनु दुर्भाग्यपूर्ण भएको हामीले ठहर गरेका छौं।’

महासंघका अध्यक्ष जनकऋषि राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारे मेयरको प्रतिबद्धता खोज्नका लागि ध्यानाकर्षण पत्र बुझाउन आएको बताए। मेयर साम्पाङले दिएको अभिव्यक्तिले समग्र पत्रकारितामाथि नै प्रहार गर्ने काम भइरहेकाले त्यस्तो नहोस् भनेर ध्यानाकर्षण गराइएको पनि उनले बताए। ‘पत्रकारलक्षित अभिव्यक्तिले समग्र पत्रकारितामाथि प्रहार गर्ने काम भइरहेको छ। त्यस्तो नहोस् भनेर ध्यानाकर्षण गराउन आएको हो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारेमा मेयरको प्रतिबद्धता पनि खोज्नका लागि हो,’ उनले भने।

मेयर साम्पाङले तीन दिनभित्र नै लिखित रूपमा ध्यानाकर्षण पत्रको जवाफ दिने बताएका थिए। साथै उनले आफूले कसैलाई पनि अमर्यादित, गालीगलौज वा धम्कीपूर्ण अभिव्यक्ति नदिएको जिकिर गरे। आफ्नो विरुद्ध नलेख्न कसैलाई नभनेको तर राम्रो काम भइरहेकोबारेमा पनि लेखिदिनुपर्ने आफ्नो आग्रह मात्र भएको उनले बताए।  

आफ्ना विरुद्ध समाचार लेखेको भन्दै मेयर साम्पाङले पत्रकार र सञ्चारमाध्यमलाई झोले भन्दै सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गर्ने गरेका छन्। साथै, प्रश्न गर्ने पत्रकारहरूलाई पनि कुन पार्टीको पत्रकार भनेर सोध्ने गरेका छन्। उनका समर्थकले सामाजिक सञ्जालमा तथानाम गालीगलौज गर्ने र प्रेसविरोधी अभिव्यक्ति दिने, धम्की दिने गरेकोले पत्रकारले असुरक्षित महसुस गरेको महासंघको भनाइ छ।  

प्रकाशित: २५ वैशाख २०८० ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App