नेकपा एमालेको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीका सांसदहरुलाई प्रभावकारी रुपमा प्रश्तुत हुन निर्देशन दिएको छ।
आईतवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा प्रभावकारी रुपमा प्रश्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिव योगेशकुमार भट्टराईले विषयवस्तु अध्ययन गरी तथ्य र प्रमाणका आधारमा बोल्न पनि सांसदहरुलाई आग्रह गरिएको बताए।
उनले नेपाली जनताले भोगिरहेको समस्याहरु, बेरोजगारी, महंगीको समस्यामा प्रभावकारी रुपमा काम गर्ने र सशक्त प्रतिपक्षीको रुपमा संसदमा प्रश्तुत हुने निर्णय बैठकमा भएको सुनाए।
उनले भने, ‘संसदीय दलले आउने अधिवेशन आजबाट जुन शुरु भएको छ, यो अधिवेशनमा हाम्रा दलका सम्पूर्ण साथीहरुलाई प्रभावकारी रुपमा प्रश्तुत हुने, विषयवस्तु अध्ययन गर्ने, तथ्य र प्रमाणका आधारमा बोल्ने र सरकारबाट आउने प्रश्तावहरु ठिक छन् छैनन् भन्नेकुराको अध्ययन गरी आवश्यक्ता अनुसार प्रतिवाद गर्ने, नेपाली जनताले भोगिरहेको समस्याहरु, बेरोजगारी, महंगीको समस्यामा प्रभावकारी रुपमा काम गर्ने र सशक्त प्रतिपक्षीको रुपमा संसदमा प्रश्तुत हुने निर्णय भएको छ।’
सचिव भट्टराईले सरकारबाट आउने प्रश्तावका बारेमा अध्ययन गरी संसदमा प्रश्तुत हुन आग्रह गरिएको पनि बताए।
प्रकाशित: २४ वैशाख २०८० १२:४० आइतबार