२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपा वर्तमान सरकारकै निरन्तरताको पक्षमा छः उपेन्द्र यादव

फाइल तस्बिर।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्

पूर्व उप-प्रधानमन्त्री समेत रहेका उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने जिकीर समेत गरे।

रफ्त सञ्चार क्लवले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याएका छन्।

उनले कम्फटेवल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे। अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए।

राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाई थियो। 

अध्यक्ष यादवले भने, ‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने। शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरुमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो। त्यसका लागि सरकारको स्थिरता आवश्यक छ। दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन। र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो। गल्ती कहाँ छ? त्यहाँ सच्याएर अघि बढने बेला हो। र, त्यसका लागि यो गठबन्धनमा हाम्रो पार्टीको धारणा के हो भने अगाडि बढनु पर्छ। सरकार स्थिर भएर काम गर्नुपर्छ। र, जनतालाई डेलिभरी दिनु पर्छ। अव पहिलाको जस्तो भनेर मात्रै हुँदैन, गरेरै देखाउनु पर्छ। र, मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ। त्यसैले हाम्रो राय पनि सरकारको स्थिरता, राजनीतिक स्थिरता आवश्यक हो। र, यसलाई आवश्यक्ता ठानेरै जनता समाजवादी पार्टीले यो गठबन्धन निर्माणमा सरकारको भनेको सक्दा सरकार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन। अहिले पनि कम्फटेवल मेजरिटीको सरकार छ। ५ दलीय गठबन्धनको सरकार हो। र, गठबन्धनसँग पर्याप्त मत छ। संख्या छ।’

अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढन पनि सरकारलाई सुझाव दिए। थुप्रिएर रहेको पूँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको बुझाई थियो।

प्रकाशित: २३ वैशाख २०८० १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App