२६ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अायुक्त सिफारिश तीन जनाको नाम संसदीय सुनुवाइबाट अनुमोदन

आयोग सदस्य सिफारिस (बाँया बाट तल) नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौडेल र सुधिर कुमार शाह मंगलबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा जवाफ दिँदै। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— निर्वाचन आयोग अायुक्त सिफारिश भएका तीन जनाको नाम मंगलबार संसदीय सुनुवाइ समितिले पारित गरेको छ। नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधिरकुमार शाहको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको हो।

अायुक्त सिफारिश नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधिरकुमार शाहको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको हो।

संवैधानिक परिषदले सिफारिश गरेका तीनै जनाको नाम समितिबाट सर्वसम्मत रुपमा पारित भएको हो। परिषदले माघ १४ गते दाहाल, पौडेल र शाहलाई आयोग सदस्यमा सिफारिश गरेको थियो।

अहिले आयोगमा प्रमुख आयुक्त अयोधीप्रसाद यादब र सदस्य इला शर्मा मात्र छन्।

पूर्व रक्षा सचिव ईश्वरीप्रसाद पौडेल कांग्रेसको कोटामा सदस्य सिफारिश भएका थिए। केही समय निर्वाचन आयोगको सचिव भएर अवकास पाएका नरेन्द्र दाहाल एमालेको कोटामा सदस्य सिफारिश भएका थिए। पूर्व प्रशासक सुधिर कुमार शाह माओवादी कोटामा सदस्य सिफारिश भएका थिए।

स्थानीय तहको निर्वाचनको चर्चा भइरहेका बेला निर्वाचन अायोगले पूर्णता पाउने स्थिति अाएको हो।

प्रकाशित: ३ फाल्गुन २०७३ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App