५ वैशाख २०८१ बुधबार
राजनीति

प्रधानमन्त्री दाहालको पुत्ला दहन

महागढीमाई नगरपालिकाको बरियारपुरमा शुक्रबार प्रधानमन्त्रीको प्रचण्डको पुत्ला दहन गरिएको छ। बिगत तीन महिनादेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महागढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै जनप्रतिनिधि र स्थानीयहरु मिलेर प्रधानमन्त्री दाहालको पुत्ला दहन गरेका हुन्। 

पुत्ला दहन गर्ने क्रममा प्रहरी र स्थानीय बिच झडपको अवस्था समेत भएको थियो। महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले संघिय सरकारले प्रमुख प्रशासकीय अधिकृत तीन महिना देखि नपठाउदा नगरपालिका नै अस्त व्यवस्थ भएकोले जनप्रतिनिधि र स्थानीय बिरोधमा उत्रिएको बताएका छ।

प्रकाशित: २२ वैशाख २०८० ०७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App