१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोग पूर्वआयुक्त राजनारायण पाठक र घुस दिने लम्बोदरकुमार न्यौपानेको मुद्दामा प्रमाण नपुगेको भन्दै विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा गएको छ। पूर्वआयुक्तले घुसबापत रकम लिन नपाएको भन्दै भ्रष्टाचार मुद्दामा ‘कसुर उद्योग’को मात्र सजाय ठहर गर्ने विशेष अदालतले पुस २८ गते गरेको आदेश चित्तबुझ्दो नभएको भन्दै अख्तियार बिहीबार सर्वोच्च गएको हो ।

आरोपपत्रका साथ पेस भएका अडियोको वार्तालापको स्क्रिप्टबाट ज्ञानेन्द्रकुमार झाले अनुसन्धानका क्रममा गरेको बयान र अदालतमा गरेको बकपत्रमा उल्लिखित व्यहोरा स्पष्ट रूपमा पुष्टि भएको अख्तियारले दाबी गरेको छ।

‘सम्मानित विशेष अदालतले निवेदक र प्रतिवादीबीच भएको अडियो संवादको कुराकानीलाई प्रमाणका रूपमा ग्रहण गर्दा त्यसमा भएको विषयवस्तुलाई समेत विश्लेषण गरी प्रमाणका रूपमा ग्रहण गरी उक्त कुराकानीका आधारमा रकमको लेनदेन भइसकेको हो वा रकम लेनदेन भइसकेको नभई केवल रकम माग गर्ने कुराकानी मात्र भएको भन्ने सम्बन्धमा यकिन भई फैसला गर्नुपर्नेमा केवल रकम बरामद नभएको भन्ने आधारमा घुस रिसवतको उद्योगमा कसुर ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ,’ अख्तियारले भनेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग पूर्वआयुक्त राजनारायण पाठक र घुस दिने लम्बोदरकुमार न्यौपानेको मुद्दामा प्रमाण नपुगेको भन्दै विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा गएको छ।

आरोप पत्रका साथ पेस भएको अडियोमा भएकै संवादमा स्पष्ट रूपमै रकम लेनदेन भइसकेको भन्ने थाहा हुने संवाद हुँदाहुँदै घुस रिसवतको उद्योगमा मात्र सजाय हुने गरी कसुर ठहर गरी भएको फैसला त्रुटिपूर्ण एवं बदरयोग्य रहेको अख्तियारले जनाएको छ ।

विशेष अदालतले आयोगका पूर्वआयुक्त राजनारायण पाठक र घुस दिने लम्बोदरकुमार न्यौपानेको मुद्दामा घुस लिने मात्रै कुरा भएकाले प्रमाण नपुगेको ठहर्‍याउँदै त्यसलाई कसुर उद्योग ठहर गरेको थियो।

घुस लिने अख्तियारका पूर्वआयुक्त पाठक र उनलाई घुस दिने न्यौपानेलाई भ्रष्टाचार मुद्दामा जनही तीन वर्ष कैद र ३९ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। पाठक अख्तियारका पूर्वआयुक्त भएकाले तीन वर्ष कैदसजायमा तीन महिना थपिएको जनाइएको छ।

‘राजनारायण पाठकले घुस रकम लिने र लम्बोदर न्यौपानेले घुस रकम दिन उद्योगसम्मको कसुर गरेको देखिँदा दुवैले कसुर उद्योग गरेको ठहर्छ,’ फैसलाको पूर्णपाठमा लेखिएको छ।

विशेष अदालतले आयोगका पूर्वआयुक्त राजनारायण पाठक र घुस दिने लम्बोदरकुमार न्यौपानेको मुद्दामा घुस लिने मात्रै कुरा भएकाले प्रमाण नपुगेको ठहर्‍याउँदै त्यसलाई कसुर उद्योग ठहर गरेको थियो।

अदालतले पूर्वआयुक्त पाठकलाई घुस दिने तयारी हुँदाहुँदै अडियो बाहिरिएकाले उनले राजीनामा दिएको र घुस लिन नपाएको ठह¥याउँदै उद्योगको कसुर भएको उल्लेख गरेको छ। ‘न्यौपानेसँग घुसरिसवत लिएको तथ्य पुष्टि हुने वस्तुनिष्ठ ठोस प्रमाणको अभावमा रकम लेनदेन सम्बन्धमा ज्ञानेन्द्रकुमार झा र प्रतिवादीबीचको अडियो संवादमा भएका कुराकानीका आधारमा मात्र घुस रकम लेनदेन भयो होला भनी अनुमान र आशंकाको आधारमा प्रतिवादी राजनारायण पाठकले घुस रिसवत लिएका हुन् भनी निष्कर्षमा पुग्नसक्ने देखिएन,’ फैसलामा लेखिएको छ ।

प्रकाशित: २२ वैशाख २०८० ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App