२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

बादलका छोरा प्रतिक भन्छन्: आरोप तथ्यहीन छन्, अनुसन्धानमा सघाउँछु

नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि आफूविरुद्ध तथ्यहीन प्रचार भइरहेको र अनुसन्धानमा सघाउने बताएका हुन्।

'मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा झूटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्ने खण्डन गर्छु,' थापाले भने, 'आरोप लगाइएका विषयमा सम्बन्धित निकाय न्यायलयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान इमानदारपूर्वक सहयोग गर्ने प्रतिबद्धतना व्यक्त गर्दछु।'

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित: २१ वैशाख २०८० ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App