१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छः मन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छिन्।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको छैटौं सञ्चार तथा सूचना प्रविधि दिवस मुल समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी हुन्।

उनले दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर बिस्तार गरिएको बताइन्। त्यस्तै सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पु¥याउने गरी कार्यक्रम सञ्चालन भइरहेको पनि जानकारी गराइन्। मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, बिस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली लगायतका कानूनी व्यवस्थाका लागि सरकार लागिरहेको स्पष्ट पारिन्।

उनले सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधि सम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चार सम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानूनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको पनि उल्लेख गरिन्।

उनले भनिन्, ‘सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र यसको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली लगायतका कानूनी व्यवस्थाका लागि सरकार लागिरहेको छ। सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधि सम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चार सम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानूनी व्यवस्थाका लागि सरकारले कार्य गरिरहेको छ। कानून निर्माणको सवाललाई पारदर्शी बनाउन मन्त्रालयको वेबसाइटबाटै मस्यौदा सार्वजनिक गरेर जनताको राय सुझाव लिने परिपाटीको पनि थालनी गरेका छौं। सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्दछ। तिब्र विकास र उच्च आर्थिक वृद्धिका लागि समय सापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ जारी गरी कार्यान्वयनमा ल्याइएको छ। दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर बिस्तार गरिएको छ। सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पु¥याउने गरी कार्यक्रम सञ्चालन भइरहेको छ। यसलाई दिगो र भरपर्दो बनाउन सके इन्टरनेट प्रयोगबाट आम जनताले अपेक्षित लाभ प्राप्त गर्ने विश्वास लिइएको छ।’

उनले सुशासन सरकारको प्राथमिकतामा रहेको बताइन्। मन्त्री शर्माले देशमा भएका बेथितिहरुको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताइन्। सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिकासाथ अघि बढाइरहेको उनको भनाई छ।

प्रकाशित: १९ वैशाख २०८० ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App