१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राजा चार्ल्सको राज्याभिषेकमा परराष्ट्रमन्त्री सहभागी हुने

परराष्ट्रमन्त्री एनपी साउद आगामी वैशाख २३ गते (मे ६ तारिक) मा हुने बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक कार्यक्रममा सहभागी हुने भएका छन्।

आइतबार परराष्ट्रमन्त्री साउदले स्वास्थ्यका कारण राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्सको राज्यभिषेक कार्यक्रममा सहभागी हुन नसक्ने भएपछि सरकारले आफूलाई बेलायत पठाउन लागेको जानकारी दिए।

‘स्वास्थ्यका कारण राष्ट्रपति राज्याभिषेक कार्यक्रममा सहभागी हुन नसक्ने भएपछि सरकारका तर्फबाट आगामी मे ६ तारिकमा हुने बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक कार्यक्रममा म जाँदैछु,’ उनले भने, ‘बेलायती राजा चाल्र्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन आगामी वैशाख २१ गते लन्डन गएर वैशाख २४ गते फर्कनेछु।’

परराष्ट्रमन्त्री एनपी साउद आगामी वैशाख २३ गते (मे ६ तारिक) मा हुने बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक कार्यक्रममा सहभागी हुने भएका छन्।

मे ६ मा लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा राज्याभिषेक कार्यक्रम हुँदैछ। यसअघि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराएका थिए। राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेल पाँच दिने भ्रमणमा बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक कार्यक्रममा सहभागी हुने जनाएको थियो।

बेलायतले नेपालसँग पहिलो दौत्य सम्बन्ध कायम भएको देश हो। गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधनपछि उनका उत्तराधिकारी तथा बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह तीन दिनसम्म मनाइँदैछ। बकिङघम दरबारले सो समारोहमा सहभागी हुन दुई हजार पाहुनालाई निमन्त्रणा पठाइसकेको छ।

प्रकाशित: १८ वैशाख २०८० ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App