coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभा अधिवेशन अन्त्य, मन्त्रिपरिषद् विस्तार अन्यौलमै

प्रदेश सरकारले बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको अन्त्य गर्ने निर्णय गरेको छ।

प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् वैठकले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। 

बुधबारबाटै अधिवेशन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

सरकारले यसै महिनाबाट वर्षे अविधेशन सुरु गर्ने तयारी समेत गरेको छ। निर्वाचनपछि पुस १८ गतेबाट सुरु भएको प्रदेशसभाको ११ औं अधिवेशनमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुईपटक विश्वासको मत लिनु बाहेक खासै उपलब्धी भने हुन सकेन।

जम्कट्टेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्। गत पुस २५ मा नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले पहिलोपटक पुस २६ मा २ जना, दोस्रो पटक माघ ११ गते ८ जनालाई मन्त्री बनाएका थिए। एमाले र राप्रपा सरकारबाट बाहिरिएसँगै चैत २६ गते तेस्रो पटक सरकार विस्तार गरेका जम्कट्टेलले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। हाल बागमती प्रदेश सरकार ६ सदस्यीय रहेको छ। अझै ५ वटा मन्त्रालय नेतृत्वविहीन अवस्थामा छ। केही दिनमा बाँकी मन्त्री नियुक्त हुने दावी गर्दै आएका छन्।

सत्तारुढ दलवीचको भागवण्डा अनुसार कांग्रेसबाट थप ३ जना मन्त्री हुनेछन्। ११ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले ५, मुख्यमन्त्रीसहित माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ मन्त्रालय लिने सहमति भएको भनिएपनि कार्यान्वयन भने हुन सकेको छैन। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले सरकारले मन्त्रालयगत तहमा बजेट निर्माण प्रक्रिया अगाडि बढाइसकेका जानकारी दिएका छन्। यस अधिवेशनमा १६ वटा प्रदेशसभाको बैठक बसेको छ। संसदीय समिति गठनको विषय पनि निस्कर्षमा पुग्न सकेको छैन।  

प्रकाशित: १३ वैशाख २०८० १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App