coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाका खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

बारा –२ को उपनिर्वाचनमा ३१ उम्मेदवारहरुको जमानत जफत भएको छ। रास्वपाका उम्मेदवार रमेशप्रसाद खरेल सहित ३१ जना उम्मेदवारको जमानत जफत भएको हो।

निर्वाचनमा कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेको कारणले उम्मेदवारको जमानत जफत भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बारा २ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार आइतबार भएको मतदानमा ६९ हजार २२ मत खसेकोमा मतगणनाका क्रममा ६८ हजार १९२ मत सदर भएको थियो। त्यसमा रास्वपाका उम्मेदवार खरेल चौथों स्थानमा रहँदै २ हजार ८ सय २९ मत मात्रै पाए। कूल सदर मतको ४.१४ प्रतिशत मात्रै मत पाएकाले उनको जमानत जफत भएको हो।

बारा -२ मा दलका १० र स्वतन्त्र २४ गरी कूल ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। बारा २ मा विजयी भएका सत्तागठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मत पाएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। नेकपा एमालेका पुरूषोत्तम पौडेलले  १० हजार  २१६ मतका साथ तेस्रो स्थानमा सिमित भए।

खरेलसहित ३१ जना उम्मदवारको भने जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए। आम जनता पार्टीका उम्मेदवार अरूणकुमार ज्ञवाली २ हजार ७३८ मत ल्याएर पाँचौ स्थानमा रहेकाले उनको पनि जमानत जफत भएको छ।

यस्तै जमानत जफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेपाल मजदुर किसान पार्टीका मुक्तिप्रसाद यादव ,नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमार रहेका छन्। 

प्रकाशित: १३ वैशाख २०८० १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App