१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अहिले प्रतिक्रिया दिने बेला भएको छैनः उपेन्द्र यादव

सत्ता गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन्।

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए।

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए। उनले भने 'चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिदैन्'। यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए।

मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन्। उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन्।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन्। आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाएका छन्।

प्रकाशित: १२ वैशाख २०८० ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App