५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चितवन २ मा मतगणना शुरु

चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना शुरु भएको छ।आज ढिलो गरेर सुरु भएको  सर्वदलिय बैठकबाट दिउँसो १ बजे देखि मतगणना हुने सहमती भए पनि केही वरे अघि देखि मतगणना शुरु भएको  सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिएका छन्।मतगणना  इच्छाकामना १ र ३ बाट शुरु गरिएको छ।  

चितवन–२ मा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ ,नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने  र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसहितका उमेदवार रहेका छन।

चितवन २ मा ६३ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार १ सय ३८ मतदान केन्द्रबाट ७८ हजार २७७ मत खसेको छ। यस क्षेत्रमा १ लाख २४ हजार ६९५ मतदाता थिए। मंसिर ४ गतेको निर्वाचनमा भन्दा कम मत खसेको हो। अघिल्लो मंसिर ४ गते भएको आम निर्वाचनमा ६७ दशमलव ८६ प्रतिशत मत खसेको थियो। यो भनेको गत चुनावको भन्दा करिव ४ प्रतिशतले कमी हो।

प्रकाशित: ११ वैशाख २०८० ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App