१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रविप्रति बाबुरामको कटाक्ष: सिद्धान्त बिनाको चटकेले केही गर्न सक्दैन

फाईल तस्विर <div><br></div>

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन्।

शनिवार नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उल्लेख गर्दै  दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको बताए। 

उनले वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताए।पूर्व प्रधानमन्त्री भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए।उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरू राजनीतिमाआइरहेको बताए।

उनले सभापति लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरूको बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेको बताए ।उनले नयाँ पार्टीहरुले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेको उल्लेख गरे।पूर्व प्रधानमन्त्री भट्टराईले माक्सले बनाएका विचारहरुको धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न जरुरी रहेको बताए । 

प्रकाशित: ९ वैशाख २०८० ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App