coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाराको गढिमाइमा पाँच दलीय सत्ता गठबन्धनको बृहत आमसभा सुरु

बाराको गढिमाइ- ४ मा पाँच दलीय सत्ता गठबन्धनको बृहत आमसभा सुरु भएको छ।

बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्।

बाराको गढिमाइ मन्दिरको प्राङ्गणमा आमसभा राखिएको छ। आमसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

काठमाडौबाट एउटै हेलिकप्टर चढेर पाँच वटै दलका शिर्ष नेताहरू केही बेरमा कार्यक्रम स्थलमा आउने आयोजकले जनाएको छ। यस्तै बाराको निर्वाचन क्षेत्र २ मा प्रमुख प्रतिपक्षी दलका नेताहरू पनि चुनाबी आमसभा सम्बोधन गर्न बारा आएको बुझिएको छ।

एमाले अध्यक्ष केपि शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, जनमत पार्टिका सिके राउत र रास्वपाका नेताहरु पनि आमसभा सम्बोधन गर्न बारा पुगेका छन्। 

प्रकाशित: ७ वैशाख २०८० ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App