६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारलाई स्थिरता दिएर समृद्धिको आधार तयार गर्ने हाम्रो लक्ष्य: डा. भट्टराई

फाइल तस्बिर।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारलाई स्थिरता दिएर सुशासन र समृद्धिको आधार तयार गर्ने लक्ष्य लिइएको बताएका छन्।

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभामा उनको सो कुरा बताएका हुन्। डा. भट्टराईले फेरि देशलाई अस्थिरतामा लैजाने कि स्थिर सरकार बनाउने भन्ने विषयमा जनताले सोच्नुपर्ने बताउँदै सुशासन र समृद्धिका लागि गोविन्द भट्टराईको विजय आवश्यक रहेको उल्लेख गरे।

'मिश्रित निर्वाचन प्रणालीले कसैको पनि बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको छ, निर्वाचन प्रणालीका कारण स्थिर सरकार बन्दैन, बल्ल बल्ल दश दल जोडेर सरकार बनाएका छौँ। अब त्यही सरकारलाई स्थिरताका दिनका लागि पनि गठबन्धनकै उम्मेदवारले जित्नुपर्छ', उनले भने।

छिटोभन्दा छिटो विकास र समृद्धिको लहर ल्याउनुपर्ने बताउँदै उनले युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु मुख्य चुनौती रहेको बताए।

प्रकाशित: ६ वैशाख २०८० १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App