coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बैंकमा जम्मा भएको पैसा उद्योगमा परिचालन गरौँः सांसद पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ अर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रुग्ण उद्योगहरूमा परिचालन गर्नुपर्ने बताएका हुन्।

उनले अफठ्यारोमा परेका उद्योगहरूमा सो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गरेका छन्। त्यस्तै देशमा ४० लाख खोप प्रयोग विहीन अवस्थामा रहेको भन्दै प्रयोगविहीन भएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने उल्लेख गरे।

सांसद पौडेलले यस वर्ष विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनु राम्रो भएको उल्लेख गर्दै यसै गरी अस्पतालहरुमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताए। उनले किसानले समयमै मल पाउनुपर्ने पनि बताएका छन्।

प्रकाशित: ५ वैशाख २०८० ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App