२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

पाँचदलीय गठबन्धनले बारा २ मा चुनावी महासभा गर्ने

पाँचदलीय गठबन्धनले बारा–२ मो बैशाख ७ गते चुनावी महासभा गर्ने भएको छ।

उपनिर्वाचनलाई मध्यनजर राखेर यो महासभा गर्न लागिएको जनता समाजवादी पार्टी (जसपा)ले जनाएको छ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बारा २ को महागढीमाईस्थित बरियापुरमा चुनावी महासभा गर्न लागिएको हो। गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उक्त क्षेत्रमा उठेका छन्।

चुनावी महासभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: ४ वैशाख २०८० ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App