१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस महामन्त्री थापालाई उत्तेजनामा नबोल्न माओवादी नेता पौडेलको सुझाव

नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्।

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले काँग्रेस महामन्त्री थापाको पनि भएको बताए।

उनले थापाले सार्वजनिक मञ्चहरुबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने बताए। सरकारको आलोचना नगरी सहयोग गर्न उनले आग्रह गरे। उनले गठबन्धनलाई जोगाएर जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने बताए। पौडेलले सरकारका कमी, कमजोरीका बारेमा सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेटेर दिन महामन्त्री थापालाई आग्रह गरे।

उनले भने, ‘गगन थापा हाम्रो गठबन्धनको मुल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ। सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो। आलोचना गरेर मात्रै सफल हुन्न। सहयोग गरेर पनि सफल हुन्छ। त्यसकारणले यो गठबन्धनलाई जोगाउने र गठबन्धनबाट जनताका डेलिभरीका कामहरु गर्नको निम्ति टेबलमा बसेर उठेका विषयहरु सुझाव दिएर सफल बनाउने होला नि सरकारलाई गठबन्धनले। विरोध गरेर सरकार सफल हुन्न। सहयोग गरेर सफल हुन्छ। मेरो सुझाव के छ भने त्यसप्रकारका कमी कमजोरी छन् भने प्रधानमन्त्रीसँग समय लिएर, उपप्रधानमन्त्रीसँग समय लिएर उहाँले सुझाव राख्दा राम्रो।’

प्रकाशित: ३ वैशाख २०८० १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App