coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तिक्तता हटाएर सम्बन्ध बढाउन एमालेले सिस्नु लगाएर नयाँ वर्ष मनाउँदै

तिक्तता हटाएर सुमधुर सम्बन्ध बनाउन भनेर नयाँ वर्षको  पहिलो दिन धनगढीमा नेकपा एमालेले एक आपसमा सिस्नु हानेर नयाँ वर्ष  अथवा बिशु पर्व मनाइरहेको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा एमालेका सचिव लेख राज भट्ट,स्थायी कमिटी सदस्य कर्ण थापा लगायत सुदूरपश्चिम प्रदेशका एमालेका नेता र कार्यकताले एक आपसमा सिस्नु लगाएर बिशु पर्व मनाइरहेका छन। 

सुदूरपश्चिममा नयाँ वर्षलाई बिशु पर्वको रुपमा महत्वका साथ मनाइने गर्छ।यहाँका पहाडी जिल्ला अछाम, डोटी, बाजुरा, बैतडी लगायतमा बिशु पर्वमा एक अर्कालाई सिस्नु लगाएर मनाउने चलन छ। वर्षभरीका सबै प्रकारका कमीकमजोरी , अन्तरबिरोध र तिक्तता हटाएर नयाँ सम्बन्ध बनाउन सिस्नो लगाएर बिशुपर्व मनाइने परम्परा रहेकोले एमालेले पनि विगतका सबै अन्तरबिरोध तिक्तता हटाएर सुमधुर सम्बन्ध बनाउने सन्देश दिन सिस्नु लगाएर एमालेले बिशु पर्व मनाएको एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले बताएका छन। 

सिस्नु लगाउँदा शरीर भित्र जाने तरङ्गले शरीरका बेकार बाहिर निकालेर शारीरिक र मानसिक रुपमा शुद्ध बनाउने वैज्ञानिक कारण रहेको उनले बताए।

प्रकाशित: १ वैशाख २०८० ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App