१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

बारले भेट्यो प्रधानमन्त्रीः प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया छिटो थाल्न माग

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता क्रममा नेपाल बारका पदाधिकारीलगायत। तस्बिर: रासस

एसोसिएसनले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर प्रधानन्यायाधीश नियुक्तिलगायतका प्रक्रिया छिटो थाल्न माग राखेको छ। एक वर्षदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा छ।

संविधानअनुसार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ। संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन्। बारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तत्काल संवैधानिक परिषद्को बैठक डाक्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ।  

भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक परिषद्को बैठक छिटो बोलाउने आश्वासन दिएको बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए। ‘हामी सर्वोच्च बारका अध्यक्ष, उपत्यकाका बारका अध्यक्षलगायत ३०÷३२ जनाले प्रधानमन्त्रीलाई भेट्यौं,’अध्यक्ष घिमिरले भने। न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति गठनका लागि पहल गर्ने आश्वासन पनि प्रधानमन्त्री दाहालले दिएको उनले बताए। न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्दै न्यायालयप्रति जनआस्था अभिवृद्धि गर्न आफू लागिपरेको बारको दाबी छ।  

बारले सर्वोच्च अदालतमा अटोमेसन प्रणालीबाट पेसी व्यवस्थापन हुनुपर्ने माग पनि उठाउँदै आएको छ। हाल सर्वोच्चलगायत देशभरका अदालतमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन हुँदै आएको छ। अटोमेसन प्रणालीबाट पेसी व्यवस्थापनका लागि दुई करोड रूपैयाँ चाहिने भएकाले त्यसको व्यवस्था गरिदिनसमेत प्रधानमन्त्रीलाई आग्रह गरेको बार अध्यक्ष घिमिरेले बताए।

प्रकाशित: १ वैशाख २०८० ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App