६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या छैन्: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या नभएको बताएकी छिन्।  

बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या नभएको बताएकी हुन्।

उनले सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बीचमा सरकार सञ्चालनको सम्बन्धमा आवश्यक संवाद र छलफल भइरहेको बताइन्। उनले सरकारले सेवा प्रवाहका काम, नीतिगत, कानूनी कामहरु र बजेट निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरिन्।

उनले सत्तारुढ गठन्धनका दलहरु सहितका अन्य दलहरुसँग समेत देशको अर्थतन्त्र सुधार लगायतका विषयहरुमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको बताइन्।

उनले भनिन्, ‘सांसदले संसदमा सरकारप्रति खबरदारी गर्ने कुरा, काम प्रभावकारी होस् भन्नेकुरा सत्तारुढ होस्, चाहे प्रतिपक्ष होस् त्यसलाई अन्यथा रुपमा लिनुहुन्न। त्यसलाई खबरदारीको रुपमा लिनुपर्छ भन्ने लाग्छ। जहाँसम्म बाहिर सरकारको तर्फबाट, गठबन्धन दलहरु बिचकै केही समस्या हो की, सम्वादहिनता हो कि, अर्थात् केही हुन खोज्दैछ कि भन्ने जुन आशंका छ, त्यस्तो भएको छैन। अहिलेसम्म संवादहिनताको अवस्था पनि होइन। निरन्तर सम्वाद, छलफलमा हुनुहुन्छ। भर्खरै मात्र न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेका छौँ। जहाँसम्म सरकारको प्रभावकारीता जस्तो सोचेको हो त्यस्तो भएन भन्ने हामी सबैलाई लागेकै विषय हो। यसको पछाडी राजनीतिक कारण छन्। गठबन्धन बन्ने,भत्किने, सरकारले पूर्णता पाउन लामो समय लाग्ने कारणले जस्तो सोचेको हो त्यस्तो हुन नसकेको हो। सरकारले गतिमै काम गरेको छ। कतिपय जनपक्षिय, सेवा प्रवाहका कामहरुलाई, नीतिगत, कानूनी कुराहरुलाई, बजेट निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर संसद, सरकार सबैतिर कानून निर्माण, अर्थतन्त्र सुधार लगायतका थुप्रै विषयहरुमा गम्भिरतापूर्वक छलफल भएका छन्।’

प्रकाशित: ३० चैत्र २०७९ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App