४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्मचारीले सरकारलाई टेर्दैनन्: मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीले उपत्यका र सुगम ठाउँ मात्र खोज्ने र खटाएको ठाउँमा जाँदै नजाने अडान लिँदा समस्या भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले भने, ‘कयौं कर्मचारी हामी त जाँदै जाँदैनौं जे सुकै गर्नुस् भन्ने पनि छन्’ उनले भने।

संघीय सरकारले पठाएका कतिपय कर्मचारीलाई स्थानीय तहका प्रमुखले हाजिर नगराएर फर्काइदिएको कतिपय अवस्थामा राजनीतिक हस्तक्षेप भएको उनको भनाइ थियो।

कर्मचारीले राजनीतिक पहुँचका आधारमा राम्रो ठाउँ छान्ने र मेयर, अध्यक्ष तथा राजनीतिक दलका नेताले स्थानीय तहमा आफू अनुकुलका कर्मचारी खोज्ने गरेको गर्दा पनि समस्य हुने गरेको बताए।

स्थानीय तहका प्रमुख, प्रदेश र संघीय सरकारका मन्त्रीले कर्मचारी छानेर माग्ने गरेको भन्दै उनले यसरी छानेका कर्मचारी २ हजार मात्र रहेको बताए। संघीय निजामती सेवामा रहेका ५३ हजारमध्ये अरू ५१ हजार कर्मचारीलाई कहाँ पठाउने उनको भनाई थियो। 

प्रकाशित: ३० चैत्र २०७९ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App