५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

ढाकाकुमारको भनाइ बाझियो: अडिओ इडिट गरेको दाबी,जनवरिमा भएको अडिओ अहिले सार्वजनीक गरियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दिएको अभिव्यक्ति बाझिएको छ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा भएको पत्रकार सम्मेलनमा श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ आफ्नो नभएको र इडिट गरेको दाबी गरे।

तर, उनले जनवरिमा भएको अडिओ अहिले सार्वजनिक गरेर पार्टीमाथि प्रहार गरेको पनि बताएका छन्। त्यस्तै अडिओको बिषयमा न्यायलयमा गइसकेकाले क्लिन चिट लिएर आउँने पनि श्रेष्ठले बताए।

उनले भने, ‘उपननिर्वाचन र र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ। त्यसप्रति म क्षमतापार्थी छु। यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ। कहाँकहाँबाट कुराहरु जोडेर मिडियामा आएको छ। म पार्टीबाट निलम्वित भएको सदस्य पनि हो। म न्यायालय गएर सम्पूर्ण कुराहरु गरेर क्लिन चिट गरेर म तपाईहरुसँग आउनेछु। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु। यो अडियो फसाइएको हो, सुनिश्चित रुपमा। जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ।’

प्रकाशित: २९ चैत्र २०७९ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App