१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मधुवनको उपप्रमुखले गरिन् प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी

मधुवन नगरपालिकाकी उप प्रमुख अनिता चौधरीले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा सोमबार तालाबन्दी गरेकी छिन्।

तालाबन्दी पछि उपप्रमुख अनिता चौधरी र  नगर प्रमुख तेजबहादुर भाटसँगको छलफल सुरु भएको छ। प्रमुुख प्रशासकिय अधिकृत न्यौपानेको कार्यकक्षमा उपप्रमुखले नै तालाबन्दी गरेपछि कर्मचारीले ज्यादतिको विरुद्ध बिज्ञप्ती जारी गरेका छन्। प्रमुख प्रशासकिय अधिकृत न्यौपाने बिदामा छन्। गाडी चढ्न र अन्य सुबिधामा कटौति गरेको प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई मधुवनकि उपप्रमुख चौधरीले आरोप लगाएकी छिन्।

महिला भएकै कारण हेपाईमा परेको भन्दै सहन नसकेर तालाबन्दी गरेको उपप्रमुख चौधरीको भनाइ छ। प्रदेश सरकारले तोकेको सेवा सुविधा भन्दा बढि सेवा सुविधाको भुक्तानी दिन नसक्ने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताए।

उपप्रमुखलाई  दोहोरो सुविधा दिन कर्मचारीको आनाकानी  

मधुवन नगरपालिकाकि उपप्रमुख अनिता चौधरीलाई नियम विपरीत दोहोरो सेवा सुविधा  दिन कर्मचारीले आनाकानी गरिरहेको खुलेको छ। स्थानीय सरकारले तोकेको सेवा सुविधा वापत नगद बुभेपनि ईन्धन खर्च लगायत अतिरिक्त खर्च उप प्रमुख चौधरीले गरिरहेको कर्मचारीको दाबी छ।

मधुवन नगरपालिकाले उपलब्ध गराउँने सेवा सुविधा वापत नगद बुझे पनि अतिरिक्त खर्च गरी दुरुपयोग गरिरहेको उपप्रमुख चौधरीलाई आरोप छ।

सेवा सुविधा विपरीत चौधरीले मधुवन बजारमा लिएको क्वाटर सुविधाको कार्यालयले  भुक्तानि दिइरहेको पाइएको छ। प्रदेश सरकार ऐनमा स्थानीय सरकारले दिने सेवा सुविधामा जनप्रतिनिधिलाई क्वाटर सुविधा लिन नपाउँने व्यबस्था छ। उपप्रमुखले क्वाटर संचालनका लागि भान्सा सामाग्री,पलङ,सोफा र कार्पेट बापत चार लाख बढी मधुवन नगरपालिकाले भुत्तानी गरिसकेको छ।  उपप्रमुखलाई सुविधा वापतको एकमुष्ट रकम मासिक ४० हजार कार्यालयले भुक्तानि दिइरहेको छ।

प्रदेश सरकारले उपप्रमुखलाई यातायात १२ हजार,पत्रपत्रिका र ईन्टरनेट ५ हजार,टेलिफोन मोबाईल रिचार्ज ४ हजार,अतिथि सत्कार ६ हजार र जन सम्र्पक विशेष कार्य सुविधा ८ हजार र खानेपानी तथा सरसफाई ५ हजार तोकेको छ। सेवा सुविधा वापतको रकम मासिक ४० हजार मात्र हुन्छ।\

साउनदेखि कात्तिक सम्म ९ लाखको ईन्धन खर्च भएको छ। मधुवनका नगर प्रमुख तेज बहादुर भाटले सामाजिक संजालमा गाडी सुविधा प्रयोग नर्गर्ने सार्वजनिक भएको थियो। उपप्रमुख चौधरीले त्यो अवधिमा सवारी साधन प्रयोग गरेको बेला ईन्धन खपत भएको लगबुक नर्भदा उपप्रमुख र कर्मचारीबीच द्धन्द्ध चर्किएको स्रोतको दाबी गर्छ।  

मधुवन नगरपालिकामा उपप्रमुख  चौधरीले गरेको खर्चको लामो सूचिले हिसाब मिलान समस्या देखिएको स्वयम कर्मचारीले गुनासो गरे। सेवा सुविधाका बारेमा आफू अनभिज्ञ भएको उपप्रमुख अनिता चौधरीले बताइन। ‘घर बाट आवात जावत गर्न समस्या भएका क्वाटर लिएको हुँ’उनले भनिन,‘पहिलाको नगर प्रमुखले यो सुविधा प्रयोग गर्नु भएको छ।’ कर्मचारी र प्रमुखले सेवा सुविधा लिन आग्रह गरेको उप प्रमुख चौधरीले दाबी गरिन्।

उनका अनुसार मोटरसाईकल सुविधा कार्यालयले दिएको छ। क्वाटरका लागि आवश्यक सामान स्टोरले खरिद गरेर दिएको उनको भनाइ छ। तर,क्वाटरमा बिलाशी सामान उप प्रमुखले प्रयोग गरिरहेको समेत उनलाई आरोप छ।  

सत्ताको अघि कर्मचारी निरीह बन्छ। त्यस्तै निरीह बनेका कर्मचारीको अघि खर्चको सूचिले आकाश छुदा मधुवन नगरपालिकाले  खर्च व्यबस्थापनमा मधुवन नगरपालिका सकस भइरहेको तथ्य खुलेको छ। नगरप्रमुख र उपप्रमुखले नगद नबुझेर महिनामा १ सय २० लिटर ईन्धन खपत गर्न सक्ने ऐनमा व्यबस्था छ। त्यो सुविधा समेत उपप्रमुखले नगदमा बुझिएको रेर्कडमा देखिएको छ।  

प्रकाशित: २७ चैत्र २०७९ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App