५ वैशाख २०८१ बुधबार
राजनीति

कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुँदै

बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। आन्तरिक भागवण्डा नमिल्दा अन्यौलमा रहेको बागमती प्रदेश सरकार विस्तारको क्रम सुरु भएको छ।

आज (आइतबार) कांग्रेसबाट दुईजना मन्त्रीले सपथ लिने टुङ्गो लागेको छ। बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुने भएको हो। मुख्यमन्त्री शालिकराम जमकट्टेलको नेतृत्वमा रहेको बागमती सरकारमा कांग्रेसबाट बहादुरसिंह लामा र तीर्थ लामा मन्त्री बन्ने भएका छन्।

बहादुरसिंहलाई आर्थिक मामिला तथा योजना मन्त्री र तिर्थ खानेपानी, उर्जा तथा सिचाईँ मन्त्री बन्ने भएका छन्। नवनियुक्त मन्त्रीहरुको सपथ आजै साँझ साँढे ६ बजे हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। मन्त्रालय विस्तारको विषय टुङ्गोमा नपुग्दा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्य ७ वटा मन्त्रालय समेत आफैंले सम्हाल्दै आइरहेका थिए। यो अवधिमा प्रदेश सरकारमा २ वटा समिकरण बनिसकेको छ।

पुस २५ गते तत्कालीन नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा शालिकराम जम्कट्टेलले सरकार निर्माण गरेका थिए। राष्ट्रपति निर्वाचन सन्दर्भमा केन्द्रमा समिकरण बदलिएसँगै राप्रपा र एमाले सरकारबाट बाहिरिएका थिए। एमाले र राप्रपा बाहिरिएपछि प्रदेशमा रहेका ११ मन्त्रालयमध्ये ४ वटामा मात्रै मन्त्री रहेका थिए। फागुन १३ मा राप्रपाका मन्त्रीहरु र चैत १० मा एमालेका मन्त्रीहरूले राजीनामा दिएका थिए।

प्रकाशित: २६ चैत्र २०७९ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App