८ वैशाख २०८१ शनिबार
राजनीति

एनसेलले सरकार, मन्त्री र अन्यलाई किनेको भन्ने चर्चा छः सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एनसेलले सरकार र मन्त्रीलाई प्रभाव पार्न थालेको बताएका छन्।

उनले शुक्रबारको प्रतिनिधि सभामा बैठकमा बोल्दै भने, ‘एनसेलले सरकार,मन्त्री र अन्यलाई किन्नका लागि यो विधेयक ल्याइदैछ भन्ने चर्चा छ। त्यस्तो नहोस भनेर अनुरोध गर्न चाहन्छु।’

सांसद खतिवडाले एनसेलले यसअघि पनि कर नतिरेर लेखा समितिले फोर जी नदिदै गर्दा विकास समितिबाट लिएको उल्लेख गर्दै भने, ‘फेरी पनि सरकार र मन्त्रीलाई प्रभाव पार्ने कहीबाट नहोस भन्न चाहन्छु।’

सरकारले पछिल्लो समय एनसेलको स्वामित्व २५ वर्षपनि राज्यको मातहतमा आउने व्यवस्था खारेज गर्न लागेको भन्दै सर्वत्र निन्दा र विरोध भइरहेको छ। दुरसंचार ऐनले गरेको उक्त व्यवस्था हटाउन विभिन्न तिकडम गरिएको आरोप सरकार, सुचना तथा सञ्चार मन्त्रालय माथि लागेको छ।

प्रकाशित: २४ चैत्र २०७९ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App