२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेलाई संसद् अवरुद्ध नगर्न आग्रह

काठमाडौँ-मानवअधिकार तथा शान्ति समाजले लामो समयदेखि अवरूद्ध व्यवस्थापिका– संसद् सुचारु गर्ने कार्यमा सहयोग गर्न नेकपा (एमाले) नेतृत्वलाई आग्रह गरेको छ ।

“कुनै बेला नेपाली काँग्रेसले, कुनै बेला (माओवादी केन्द्र)ले यस पटक (एमाले) को अगुवाइमा भइरहेको संसद् अवरुद्ध गर्ने कार्यको शान्ति समाज विरोध गर्दछ, समाजद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ – संसद् सुचारु गर्नेकार्यमा सहयोग गर्न एमाले नेतृत्वलाई विनम्रतापूर्वक आग्रह गर्दछ”

२०६४ सालमा संविधान सभाको निर्वाचन भएपछि संविधान सभा-संसद्लाई पटक-पटक अवरुद्ध गर्ने काम हुँदैँ आए पनि समाजले पटक-पटक त्यसको विरोध गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

“जनताबाट निर्वाचित संसद् भनेको लोकतन्त्रको मेरुदण्ड हो, समस्याको शान्तिपूर्ण तवरले समाधान गर्ने र निकास दिने थलो पनि संसद् नै हो, त्यसैले संसद्को भूमिका सदैव प्रभावकारी हुनुपर्छ, जनताद्वारा निर्वाचित सार्वभौम संसद् कहिल्यै पनि कसैले पनि अवरुद्ध गर्नु हुदैँन”–विज्ञप्तिमा भनिएको छ । रासस

प्रकाशित: १३ पुस २०७३ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App