१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पैसाले राजनीतिलाई विकृत बनाइरहेको छ: रास्वपा नेता वाग्ले

अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन्।

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए।

उनले पैसाका कारण लोकतन्त्त पनि विकृत हुँदै गएको उल्लेख गरे। उनले परम्परागत र पुराना पार्टीहरुमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको बताउँदै मालदार मन्त्रालयमा १० औं करोडको डिल हुने गरेको उल्लेख गरे।

उनले भने, ‘कुशासनका कुराहरु छन्, पैसा कहाँबाट आउँछ, पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भुमिका कस्तो छ? भन्नेकुरा जोडिएको छ। अन्य परम्परागत पार्टी, पुराना पार्टीहरुमा टिकटको किनबेच, यहाँ कुनैपनि हस्तक्षेप भएन। हामी ढुक्कले उम्मेदवार बुझ्नसक्यौँ। अन्य पार्टीहरुमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ। झनै मालदार मन्त्रीहरुका लागि कस्तो हुन्छ? मालदार मन्त्रालयमा त १० औं करोडको डिले हुन्छ भन्ने छ। यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ? सत्तामा पुगिसकेपछि झन के हुन्छ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ। त्यसलाई क्लिनअप गर्नको लागि प्राइमरीको कन्सेप्टलाई यो पार्टीले अवलम्वन गरेको छ। त्यो भनेको सुशासनको पहिलो खुड्किला हो।’

डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे। उनले आफू पछि फर्किने नभइ अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताए।

प्रकाशित: १८ चैत्र २०७९ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App