४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको सल्लाहकारमा थपिए थापा, कुँंवर र नेपाल

राष्ट्रपति रामचन्द्र पौडेलले सुनिल थापालाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन्। थापा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। यसैगरी राष्ट्रपति पौडेलले पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवरलाई कानुनी र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपाललाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले यसअघि डा. सुरेशचन्द्र चालिसेलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका थिए।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा उनीहरूलाई उपलब्ध गराइने सेवासुविधा सम्बन्धी व्यवस्था छ। ऐनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय काममा सहयोग पुर्‍याउन क्रमशः सात र पाँचजना विज्ञ नियुक्त गर्न सक्छन्। राष्ट्रपति र उपराष्ट्रपतिले प्रमुख स्वकीय सचिव (राजपत्रांकित विशिष्ट श्रेणीसरह) एकएकजना राख्न पाउँछन्। राष्ट्रपति र उपराष्ट्रपतिले स्वकीय उपसचिव (राजपत्रांकित प्रथम श्रेणीसरह) क्रमशः दुई र एकजना नियुक्त गर्न पाउँछन्।

यसैगरी राष्ट्रपति र उपराष्ट्रपतिका लागि उपस्वकीय सचिव (राजपत्रांकित द्वितीय श्रेणीसरह), स्वकीय अधिकृत (राजपत्रांकित तृतीय श्रेणीसरह), कम्प्युटर सहायक, फोटोग्राफर, प्रेस संयोजक (राजपत्रअनंकित प्रथम श्रेणी सरह), सवारीचालक (श्रेणीविहीन) तथा कार्यालय सहयोगीको पनि व्यवस्था हुन्छ।

प्रकाशित: १७ चैत्र २०७९ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App