१५ चैत्र २०८० बिहीबार
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा चितवन-२ बाट रवि लामिछानेलाई उम्मेदवार सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन-२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ।

 

बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। विज्ञप्तिमा चितवन निर्वाचन क्षेत्र नम्बर २ रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरिएको उल्लेख छ।

 

तनहुँ-१ मा डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डाक्टर रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ। त्यस्तै बारा-२ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ।

 

रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न चैत १७ गते बिहान ११ बजेसम्मको समय दिएको छ।

प्रकाशित: १६ चैत्र २०७९ १७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App