नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले विगतमा झैँ यसपटक पनि कांग्रेस नै विजयी हुने बताएका हुन।
उनले यस पटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताए। नेता भट्टराईले गठबन्धनका दलहरू एक भएर चुनावमा प्रतिस्पर्धा गर्ने बताए।
उनले भने, ‘तनहुँ १ मा नेपाली काँग्रेसकै जित सुनिश्चित छ। यसै पनि त्यो क्षेत्र नेपाली कांग्रेसले नै जितको क्षेत्र हो। अहिले पनि हामी गठबन्धनमा छौँ, विगतमा प्राप्त मत भन्दा बढी मत थप्न अहिले जति प्रतिस्पर्धी साथीहरू हुनुहुन्थ्यो टिकट लिनका लागि उहाँहरू र पार्टीको पूरा स्टक्चर र गठबन्धनका संरचनाहरू एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ। जित्ने आधार धेरै छन्। अरू भाषण मात्रै गर्छन् मैले काम नै पूरा गरेको छु। मैले गरेका कामहरूबाट नै मेले निर्वाचन जित्नेछु। गठबन्धनले मलाई सहयोग गर्नेमा विश्वस्त छु।’
नेता भट्टराईले आफूले गरेका कामहरू नै आफ्नो जितका आधार भएको उल्लेख गरे।
प्रकाशित: १६ चैत्र २०७९ ०८:४९ बिहीबार