७ वैशाख २०८१ शुक्रबार
राजनीति

मिटरब्याज पीडितको संघर्षमा मधेस प्रदेश सरकारको साथःमुख्यमन्त्री सरोजकुमार

फाइल तस्विर

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याज पीडितहरुको न्यायीक संघर्षमा समर्थन जनाएका छन्। मुख्यमन्त्री यादवले सन्देशमा जारी गर्दै भनेका छन्–‘तपाईको आंशुको हरेक थोपामा हाम्रो साथ छ।’  

पैदल हिंडेर काठमाडौं पुगेका र काठमाडौं पुग्न नसकी घरमै उकुसमुकुसमा परेर बसेका मिटरब्याजपीडितहरुप्रती गम्भीर रहेको मुख्यमन्त्री यादवले बताएका छन्। ‘मधेसबाट उठेपनि यो समस्याका देशकै हो उनले भनेका छन्, ठूलो वेदना बोकेर काठमाडौं पुग्नुभएका दाजुभाई दिदीबहिनीहरु तपाईको हरेक पाइलामा हाम्रो साथ छ। तपाईंको हरेक आंशुमा हाम्रो पनि सरोकार र दायीत्व छ। 

हामी जिम्मेवारीबाट भाग्न सक्दैनौं, भाग्दैनौं पनि, उनले भने। उनले भनेका छन्, यो प्रदेशको मात्र समस्या होइन, प्रदेशबाट उठेको देशको समयस्या हो।’

गरिव झन गरिव हुने, भएको सम्पति समते स्वाहा हुने यो राष्ट्रिय समृद्धिको बाधक हो मुख्यमन्त्रीले यो समस्या विरुद्ध संयुक्त रुपमा लड्न आफु मधेस प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गरेका छन्।

प्रकाशित: १५ चैत्र २०७९ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App