coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

फाइल तस्विर

सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन र मन्त्रालयको बाडफाँड  मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ।

बैठक बिहान नौ बजे बस्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका नेता रमेश लेखकले  जानकारी दिएका छन।

हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए।त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आआफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ।

हिजोको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भने जुटेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा एकीकृत समाजवादी र जसपाले तीन तीन र लोसपाले दुई मन्त्रालयमा दाबी नछाडेपछि सहमति नजुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन।

सरकारको न्युनतम साझा कार्यक्रमसहित मन्त्रालयको टुंगो आज लागे दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार हुनसक्ने बुझिएको छ।

प्रकाशित: १५ चैत्र २०७९ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App