coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्ता साझेदार दलको बैठक: सरकार चाडै विस्तार गर्नेबारे छलफल

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीलाई जानकारी दिए।

उनका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर भोलि टुङ्गोमा पुगिनेछ। 'बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो। यसमा विस्तृत छलफल गरेर भोलि प्रर्णता दिने सहमति भएको छ', नेता लेखकले भने।

बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए।

सरकारलाई चाडो भन्दा चाडो पूर्णता दिने विषयमा पनि सामान्य छलफल भएको नेता लेखकले बताए। उनले भने, 'सरकार चाडै विस्तार गर्नेबारे छलफल भयो, कुरो नमिल्ने केही कुरा छैन, सबै दलहरु अत्यन्त लचिलो हुनुहुन्छ, चाडो सरकार विस्तार गर्ने र गठबन्धनलाई निरन्तरता र दीगो बनाउन सबै दल लचिलो र प्रतिबद्ध हुनुहुन्छ। बैठकमा त्यही किसिमले कुराकानी भएको छ।'

प्रकाशित: १४ चैत्र २०७९ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App