१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद्मा सुनियो ‘खाडीमा भेटौंला’

भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ को आवाज आइतबार संघीय संसदमा समेत उठेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आइतबारको संसद्मा कसरी नेपाली युवा विदेश पलायन हुँदैछन् भन्ने उदाहरणमा बागेश्वरीका विद्यार्थीले लेखेको उक्त सन्देश उल्लेख गरेका हुन्। ‘भक्तपुरको बागेश्वरीमा पढ्दै गरेका १२ कक्षाका विद्यार्थीहरूले ‘अब खाडीमा भेटौंला’ भन्ने सन्देश लेखे। आज युवाहरूको अवस्था यस्तो छ,’ उनले संसद्मा चिन्ता व्यक्त गरे।

भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले बुधबार आफ्नो साथीको सर्टमा ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लेखेका थिए। काभ्रेपलाञ्चोकको तिमाल घर भएका निराजन मैनालीले बुधबार विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथी निरज तामाङको पिठ्युँमा ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लेखेका हुन्।

उक्त कक्षाका अन्यले पनि साथीहरूको पिठ्युँमा वैदेशिक रोजगारको सुभकामनासहित विभिन्न सन्देश लेखेपछि यसलै धेरैको ध्यान खिचेको थियो।

मुलुकमा काम गर्ने वातावरण नबन्दा दैनिक २ हजार युवा विदेशिँदै गरेको अवस्थामा कलिला विद्यार्थीहरूको सन्देशमा नेपालको तिथो यथार्तता बोकेको भन्दै धेरैले सरकाररलाई ध्यान पुर्‍याउन आग्रहसमेत गरेका छन्।

प्रकाशित: १३ चैत्र २०७९ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App