१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘शिक्षाको विकास जरुरी छ’

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले शिक्षा क्षेत्रको विकास जरुरी रहेको बताएका छन्। उपराष्ट्रपति यादव मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा बारा–२ का जसपा पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए। उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलोपटक गढीमाई मन्दिर दर्शन गर्न बारा आएका हुन्।

महागढीमाई नगरपालिकाले आइतबार बरियारपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले आफू सामान्य गरिब परिवारमा जन्मिए पनि पढाइ, शिक्षण पेसा, राजनीति हुँदै यो ठाउँमा आइपुगेको बताए। ‘शिक्षित नभएको भए आज यो पदमा पुग्दैनथें’, यादवले भने, ‘देश विकासका लागि सबै नागरिक शिक्षित हुनैपर्छ।’

देशको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि आफूले सक्दो पहल गर्ने यादवले बताए। हिजो कुनै पार्टीको सदस्य भएका कारण उपराष्ट्रपति बने पनि अब सिंगो नेपालको उपराष्ट्रपति भएको यादवले बताए।

 कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले गढीमाई मन्दिरलाई पर्यटकीय रूपमा विकास गर्न प्रदेश सरकारलाई सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्। महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले उपराष्ट्रपति र मुख्यमन्त्रीसँग गढीमाई मन्दिर क्षेत्रको विकासमा सहयोग गर्न माग गरेका छन्।

यादव उपराष्ट्रपतिमा निर्वाचत भएपछि खाली भएको बारा–२ को निर्वाचन क्षेत्रबाट वैशाख १० गते हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने चर्चा छ। बारा–२ को निर्वाचन क्षेत्रअन्तर्गत पर्ने महागढीमाई नगरपालिकामा १ बरियारपुरमा रहेको गढीमाई मन्दिरको दर्शन गर्ने कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवसमेत उपराष्ट्रपति र मुख्यमन्त्रीसहित पुगेका थिए।

प्रकाशित: १३ चैत्र २०७९ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App