१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘अल्पमत’ मा लुम्बिनी सरकार !

फाइल तस्बिर।

नयाँ गठबन्धनमा आवद्ध दलहरुले एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्।

दलहरुको समर्थन माओवादी सहितका सरकार समर्थित राजनीतिक दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको लोकतान्त्रीक समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता सन्तोष कुमार पाण्डेले जानकारी दिए।

राप्रपा बाहेक सरकारलाई समर्थन गरेका अन्य सबै दलहरुले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्प मतमा परेको छ। यस गठबन्धनमा आवद्ध दलका ५३ सांसद सरकारको विपक्षमा उभिएका छन्।

२९ सीट संख्या रहेको सरकार नेतृत्वकर्ता एमालेलाई राप्रपाका ४ सांसदको मात्रै अब समर्थन बाँकी छ। एमाले र राप्रपाको कुल ३३ सांसद कायम रहेको अवस्थामा मुख्यमन्त्री लीला गिरी अब स्पष्ट अल्पमतमा छन्। यस प्रदेशको कुल सांसद संख्या ८७ हो। बहुमतका लागि ४४ सांसद संख्या आवश्यक पर्दछ।

अब एमाले नेतृत्वको सरकारको समर्थनमा राप्रपा मात्रै बाँकी रहेको छ। उनका अनुसार नेकपा माओवादी केन्द्र सहित जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ती पार्टी, जनमत पार्टी, लोकतान्त्रीक समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्। साथै बहुमतको नयाँ सरकार गठनको माग गर्दै दलहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष बहुमत सांसदहरुको हस्ताक्षर समेत बुझाएका छन्।

‘हामीहरुले प्रदेश प्रमुख समक्ष बहुमत दाबी गर्दै नयाँ सरकार गठनको माग सहित बहुमत सांसदको हस्ताक्षर बुझाएका छौँ,’ पाण्डेले भने। उनका अनुसार सरकार गठनका लागि ८ दलका ५२ र एक स्वतन्त्र गरि ५३ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाईँदैछ।

कांग्रेस, माओवादी, नागरिक उन्मुक्ती पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद वर्तमान सरकारको विपक्षमा एक बनेका छन्।

प्रकाशित: १२ चैत्र २०७९ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App