१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले प्रदेशमा समर्थन फिर्ता लिन दवाव दिदैंन:नेता पौडेल

सुर्खेत विमानस्थलमा पत्रकार भेटघाटमा बोल्दै विष्णु पौडेल। तस्विर: गोविन्द केसी/नागरिक

नेकपा एमालेले केन्द्रिय सत्ता परिवर्तन भए पनि प्रदेश सरकारको हकमा समर्थन फिर्ता लिन दवाव नदिने एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए। प्रदेश सरकारमा एमालेबाट सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरुलाई छाड्न कुनै निर्देशन नदिईने अछाम जाने क्रममा सुर्खेत विमास्थलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले बताएका हुन्।

सरकारमा बस्ने वा बाहिरिने भन्ने विषयमा प्रदेशमै अधिकार रहेको नेता पौडेलले बताएका हुन्। ‘प्रदेश सरकारमा रहने या नरहने सरकारमा नेतृत्व गरेका मुख्यमन्त्री तथा मन्त्रीहरुकै हातमा छ।’ नेता पौडेलले भने, ‘समिकरण केन्द्रमा बदलियो भन्दैमा प्रदेशमा समिकरण बदलिहाल्नुपर्छ भन्ने पार्टीको केन्द्रीय नेतृत्वको मनसाय छैन्।’ प्रदेश एमाले नेतृत्वले गरेको निर्णय केन्द्रले हस्तक्षेप र परिपत्र नगर्ने उनको भनाई छ।

केही दिन अघि कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले पनि सरकार गठनका विषयमा काँग्रेससंग छलफल गर्न सकिने बताएका थिए। नेता शाहको कुरालाई मनजल गर्दै उपाध्यक्ष पौडेलले आफ्नो स्वविवेकले मुख्य मन्त्री तथा पार्टी प्रदेश कमिटिले सरकारको समर्थन तथा फिर्ता गर्न सक्ने खुलासा गरेका हुन्। उनले प्रधानमन्त्री प्रचण्डको सत्ता परिवर्तनसंगै अन्य विषय जोडेर गठबन्धनको समेत आलोचनामा समेत समय खर्चिएका थिए।

प्रकाशित: १२ चैत्र २०७९ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App