coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रहरी संगठनको शुद्धिकरण गर्छुः नवनियुक्त आइजिपी कुँवर

नव नियुक्त प्रहरी महानिरिक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले प्रहरी संगठनको शुद्धिकरण र विगतका राम्रा कामहरुलाई निरन्तरता दिने बताएका छन्।

शुक्रबार आइजिपीमा नियुक्त भए लगत्तै नागरिक न्यूजसँग कुरा गर्दै उनले भने,‘आन्तरिक शुद्धिकरण गर्छु। विगतका संगठन प्रमुखहरुले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु।’

उनले प्रहरीको आचरण र व्यवहारमा सुधान ल्याउन प्रभावकारी पहल गर्ने प्रतिवद्धता पनि जनाए । ‘प्रहरी संगठनलाई पूर्णत जनमुखी, जनमैत्री बनाउन पहल गर्नेछु। हाम्रो संगठनले जनताको शान्ति सुरक्षाका लागि अहेरात्र खटिने संगठनको रुपमा काम  गर्नेछ’, कुँवरले भने।  

उनले अपराध अनुसन्धानलाई प्रविधि मैत्री बनाउने, वैज्ञानिक अनुसन्धानका क्षेत्रमा प्रहरी जनशक्तिलाई विभिन्न तालिमहरु उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएका छन्।  

‘सरुवा बढुवालाई नियमन गर्ने, कार्यसम्पादन मुखी बनाउनेलगायत मेरा प्राथमिकता हुनेछन्’, कुँवरले भने, ‘सुशासन र समृद्धिको बाटोमा प्रहरी संगठनलाई अगाडी बढाउने छु।’

शुक्रबार दिउँसो ४ बजेको मन्त्रीपरिषद बैठकले कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आजैबाट अवकाश पाएपछि नयाँ आईजिपी नियुक्त गरिएको हो।  

शुक्रबारको मन्त्रीपरिषदले डिआईजी पदबाट हालसालै मात्र बढुवा भएका पा“च जना एआइजीहरुमध्येबाट वारिताको क्रमको एक नम्बरमा रहेको बसन्त कुवरलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

हालै एआइजीमा बढुवा भएका डीआईजीहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुन। यी सबै आईजिपी पदका दाबेदार थिए।  

पुराना एआईजी सहकुलबहादुर थापा, उत्तम सुवेदी र दिवेश लोहनीले पनि आईजीपी सिंहसँगै आजैबाट अवकाश पाउने हुँदा नवनियुक्त ५ एआईजी मध्येबाट आईजिपी बनाइएको हो।  

प्रहरी नियमावली अनुसार ३० बर्षे सेवा अवधिका कारण डिआइजी र एआजीहरुले पूर्ण अवधि काम गर्न पाएका छैनन्। सेवा अवधि सकिन लागेपछि हतारहतार गरेर उनीहरुको पदोन्नती गर्नुपर्ने र आइजिपीमा बनाउनुपर्ने बाध्यता छ। यसले प्रहरी संगठनको नेतृत्वको कार्यक्षमतामा प्रश्न उठिरहेका छन्। माथिल्लो पदको अनुभव नलिई एक पटक नेतृत्व सम्हाल्नुपर्ने अवस्था छ।

प्रकाशित: १० चैत्र २०७९ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App