१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसका कारण मुख्यमन्त्री जम्कट्टेलले लिन सकेनन् विश्वासको मत

बागमती प्रदेशसभा बैठक बस्दै नबसी स्थगित भएको छ। नेपाली कांग्रेसका सांसदहरु उपस्थित नहुँदा बागमती प्रदेशसभा बैठक स्थगित भएको हो। कांग्रेसका सांसद उपस्थित नहुँदा बुधबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थगित गरीएको हो।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावबारे छलफलका लागि बुधबार बोलाइएको प्रदेशसभा बैठक चैत १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री कार्यालयबाट १० गतेका लागि बैठक सार्न आधिकारीक रुपमा पत्राचार भएपछि सूचना टाँस गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। राप्रपाले गत फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो। राप्रपाले समर्थन फिर्ता लिएको ३० दिन भित्र मुख्यमन्त्री जम्कट्टेलले संसदबाट विश्वासको मत दिनुपर्ने हुन्छ।  

केन्द्रमा बनेको गठबन्धन आवद्ध दल कांग्रेसले आन्तरिक विषयहरु टुंग्याउन बाँकी रहेको भन्दै बुधबारको प्रदेशसभा बैठकमा अनुपस्थित भएको थियो। कांग्रेसले सरकारमा सहभागिता र संसदीय समितिसहित प्याकेजमा सहमति गर्ने प्रयास गरेको थियो। जस अनुसार कांग्रेसले बुधबार नै काठमाडौंमा संसदीय दलको बैठक संचालन गरेको थियो। उक्त बैठकले विश्वासको मत दिने निर्णय गरेपनि सरकारका बारेमा गठबन्धन दलको सहमति अनुसार अघि बढ्ने निर्णय भने गरिसकेको छ।

बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकारको नेतृत्व, सहभागीताका विषय टुंग्याउन संसदीय दलको बैठक बस्नु पर्ने भएकाले बुधबारको बैठकमा उपस्थित हुन नसकेको बताए। कांग्रेसले चैत १० गते विश्वासको मत लिन मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले सुझाव दिएको थियो। कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन एमाले सरकारबाट अलग हुनु पर्ने माग गर्दै आएको छ।

यता एमालेले भने प्रदेशसभा बैठकमा आफ्नो कुरा राखेर मात्र सरकारबाट बाहिरिने शर्त अघि सारेको छ। एमालेले संसद बैठकलाई सम्बोधन गर्दै सरकार छाडेको घोषणा गरेर राजीनामा बुझाउने सर्त अघि सारेको हो। एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पोडेलका अनुसार एमाले सरकार छोड्ने र विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेको छ। एमालेले १० र ११ गते आफ्नो पूर्व निर्धारित पार्टी अभियान रहेकाले उपस्थित हुन नसक्ने जनाउँदै १२ गतेका लागि बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई अनुरोध पनि गरेको छ।

प्रदेशसभा सचिवालयका अनुसार एमालेले संसद बैठक सार्न आग्रह गरेपनि मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको मितिका विषयमा कसैको अनुकुलतामा हेरफेर गर्न असमर्थ रहने जनाएको छ।

प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले गठबन्धन दल भित्रको केही समस्याका कारण आजको बैठक बस्न नसकेको भन्दै आगामी चैत १० गते बस्ने प्रदेशसभा बैठक नसर्ने बताए। विश्वासको मत सम्बन्धी प्रस्ताव १० गते पछि सार्ने अवस्था नरहेकोले उक्त बैठक संचालन हुने मुख्यमन्त्री जम्कट्टेलले बताए।

सरकारको नेतृत्वको विषय भन्दा पनि वर्तमान परिस्थितीमा कायम रहेको सरकारको आधिकारिकता महत्वपूर्ण रहेको उनले बताए। सरकारको नेतृत्वको विषय केन्द्रीय तहको भएकाले अहिले प्रदेशको गतिविधि नै अघि बढाउनु पर्ने उनको भनाइ छ।

पछिल्लो समय निर्माण भएको राजनीतिक समिकरण अनुसार एमालेले सरकारबाट राजीनमा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताए।  

प्रकाशित: ८ चैत्र २०७९ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App