७ वैशाख २०८१ शुक्रबार
राजनीति

मंगलबार युवाहरुको मुख थुनि बोल्न नदिएकोबारे सांसद पौड्यालले मागिन् सरकारसँग जवाफ

फाइल तस्बिर

राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन्।

मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए। जसमा प्रहरीले युवाहरुको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरुलाई पक्राउ गरेको थियो।

सोही विषयमा आज सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गरेकी हुन्। उनले युवाहरु बोल्न खोजेका बेलामा प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोजेकी हुन्। उनले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उनले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन? भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरु बोल्न खोजेको र केही प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको छ। लछारपछार पारिरहेको तस्बिर देखिरहेका छाँै। यी युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ की मिल्दैन? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु।’

मंगलबार एक सार्वजनिक कार्यक्रममा युवाहरुले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेका थिए।  

प्रकाशित: ८ चैत्र २०७९ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App