२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचन: राराब क्याम्पसमा नेविसंघका यादव विजयी

जनकपुरधामस्थित रामसागर रामस्वरुप बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका मनिष कुमार यादव निर्वाचित भएका छन्।

आइतबार भएको निर्वाचनमा यादवले ११ सय ४८ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत रेमन्त मौरवैताले जानकारी दिए। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक समाजवादी विद्यार्थी संघका प्रशान्त झाले ७ सय १५ मत ल्याएका हुन्।

पाँच दल निकट विद्यार्थी संगठनको समर्थन सहित उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनका गौतम चौरबार यादवले ३८३ मत प्राप्त गरेका छन्। त्यस्तै जनमत पार्टी निकट जनमत विद्यार्थी संघका उम्मेदवार मो. इजाज मोमिनले १६७ मत ल्याएका छन्।

सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साह निर्वाचित भएका छन्। उनले ९२६ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी नेविसंघका रञ्जित कुमार मण्डलले ८०९ मत पाएका छन्। पाँचदलीय गठबन्धनका उम्मेदवार अजय सिंह कुशवाहाले ४५३ मत ल्याएका हुन।

त्यस्तै कोषाध्यक्षमा नेविसंघकै राकेश कुमार सिंह निर्वाचित भएका हुन्। उनले ९९८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका अजय कुमार पण्डितले ८२६ मत प्राप्त गरे। पाँचदलीय गठबन्धनका उम्मेदवार निरज कुमार गुप्ताले ३९५ मत मात्र ल्याएका छन्।

यस्तै सदस्यहरूमा नेविसंघका रोशनी कणर, सोनु झा, मुन्ना कुमार प्रधा, जितेन्द्र यादव, विकास कुमार साह, नविन कुसियैत यादव, दीपेन्द्र महतो र अभिषेक शर्मा निर्वाचित भएका छन्।

राराब क्याम्पसमा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जना मतदानमा सहभागी भएका थिए।

प्रकाशित: ६ चैत्र २०७९ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App