८ वैशाख २०८१ शनिबार
राजनीति

स्वविय निर्वाचन : कैलालीमा ५ एमाले अखिल र ४ क्रान्तिकारी बिजयी

कैलालीमा आईतवार निर्वाचन भएका त्रिभुवन बिश्वबिद्यालय अन्तर्गतका ९ क्याम्पस मध्य नेकपा एमाले निटक अनेरास्ववियुले ५ र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तीकारीले ४ क्याम्पसको स्वबियुको नेतृत्वमा बिजय हात पारेको छ। नेविसंघले भने निर्वाचन भएका सवै क्याम्पसमा हार वेहोर्नु परेको छ।

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, लम्कीचुहाको लम्की बहुमुखी क्याम्पस र बुलबुले बहुमुखी क्याम्पसको स्ववियु नेतृत्वमा नेकपा एमाले निकट अनेरास्ववियुले जितेको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले बताएका छन। 

धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा स्ववियु सभापतीमा अनेरास्ववियुका कुबेर खड्का र सचिवमा अनेरास्ववियुकै दीपेन्द्र भट्ट विजयी भएका छन्। मसुरियाको खप्तड बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पुष्करराज अवस्थी विजयी भएका छन् भने बुलबुले बहुमुखी क्याम्पसको सभापतीमा अनेरास्ववियुकै पुष्पा खाती विजयी भएकी छन्। चौमाला बहुमुखी क्याम्पसको सभापतीमा हरेन्द्र बुढा र लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सना विजयी भएकी छन्।  

अनेरास्ववियु क्रान्तिकारीले कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेज, मोहन्याल बहुमुखी क्याम्पस, घोडाघोडी बहुमुखी क्याम्पस र जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा जितेको छ।

सुखडको राष्ट्रिय कलेजको स्ववियु सभापतीमा सुन्दर गौतम, महुन्याल बहुमुखी क्याम्पसमाको स्ववियु सभापतीमा अर्जुन खत्री विजयी भएका छन । यसैगरि रघुनाथ बहुमुखी क्याम्पसको सभापतीमा विप्लव निटक क्रान्तिकारी र नागरिक उन्मुक्तिको विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गर्दै क्रान्तिकारीकी विनिता चौधरी विजयी भएकी छन्।यसैगरि सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा प्रेमबहादुर बोगटी विजयी भएका छन्। 

प्रकाशित: ६ चैत्र २०७९ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App